काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् ।
थापाको नाम काठमाडौं ४ र सर्लाही ४ दुबै स्थानबाट सिफारिस भएको थियो । सर्लाही ४ बाट चुनाव लड्नुपर्ने भन्दै स्थानीय नेताहरुको डेलिगेसन समेत आएको थियो ।
स्रोतका अनुसार टिकट वितरणका क्रममा सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले महामन्त्री थापालाई काठमाडौं ४ वा सर्लाही ४ मध्ये एक रोज्न भनेको थियो । थापाले काठमाडौं ४ नै रोजेका छन् । उनी २०७० को संविधानसभा निर्वाचन र २०७४ को संसदीय निर्वाचनमा यही क्षेत्रबाट चुनिएका थिए ।
प्रकाशित मिति: २३ आश्विन २०७९, आइतबार
प्रतिक्रिया