काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनबाट उठेको विद्रोहलाई पूर्ण रूपमा क्रान्तिमा रूपान्तरण गर्न अझै बाँकी रहेको बताएका छन्। उनले उक्त विद्रोहलाई क्रान्तिमा बदल्ने जिम्मेवारी रास्वपाले नै लिने स्पष्ट पारे।

नख्खु कारागारबाट धरौटीमा रिहा भएपछि आइतबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय वनस्थली पुगेका लामिछानेले त्यहाँ उपस्थित कार्यकर्ता तथा समर्थकहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

advertisement

उनले भने, ‘विद्रोह भइसकेको छ, तर त्यसलाई क्रान्तिमा रूपान्तरण गर्न अझै बाँकी छ। सिंहदरबार निर्माण मात्रै पर्याप्त हुँदैन, त्यसको चरित्र र संरचना परिवर्तन गर्न आवश्यक छ। जेन–जीले सुरु गरेको विद्रोहलाई हामीले अब निर्णायक रूपान्तरणमा लैजानुपर्छ।’

लामिछानेले चुनौतीपूर्ण र विषम परिस्थितिका बीच पनि पार्टीलाई सुदृढ र एकताबद्ध राख्न सफल भएको भन्दै कार्यवाहक सभापति डोलप्रसाद अर्यालप्रति आभार व्यक्त गरे।

‘ममाथि जिल्लैपिच्छे मुद्दा थोपारिएको छ। तर पनि मैले विश्वास गुमाएको छैन। सत्य कहिल्यै हार्दैन भन्ने मेरो अटल विश्वास छ,’ उनले भने, ‘चारैतिरबाट आक्रमण भइरहेको अवस्थामा पार्टीलाई जोगाइराख्नु सजिलो कुरा होइन। मेरो अनुपस्थितिमा पार्टीलाई अझ संगठित, उत्साही र एकताबद्ध बनाएकोमा डोलप्रसाद अर्याललाई विशेष धन्यवाद दिन्छु।’

लामिछाने पार्टी कार्यालय पुग्दा पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूले बाजागाजासहित भव्य स्वागत गरेका थिए।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com