काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीलाः कार्कीलाई भेट्न बालुवाटार जाने भएका छन्।
निकट स्रोतका अनुसार, लामिछाने र प्रधानमन्त्री कार्कीबीचको भेटघाट साँझ साढे ६ बजेका लागि तय गरिएको छ।
भैरहवा कारागारमा थुनामुक्त भएका लामिछाने अदालतको आदेशपछि हिजो काठमाडौं फर्किएका थिए। काठमाडौं आइपुगेपछि उनलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियो।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार













प्रतिक्रिया