काठमाडौं । जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने निर्णय गरेको छ। आन्दोलनको घोषणा गर्दै अनुमतिका लागि प्रशासनमा पुगेको जेनजी समूहलाई अनुमति नदिएकाे जेनजी अगुवा सौरभ भण्डारीले  जानकारी दिएका छन्।

भण्डारीका अनुसार सोमबार जेनजी समूहले आन्दोलन गर्न पाउनुपर्ने मागसहित पत्र बुझाएका थिए। तर, प्रशासनले आन्दोलनको अनुमति नदिएको  उनले बताए।

advertisement

मिराज ढुङ्गाना सहितको नेतृत्वको समूहले आइतबार आन्दोलनको घोषणा गर्दै सोमबार अनुमति माग्न प्रशासन कार्यालय पुगेको थियो। सोमबार बिहान ११ बजेदेखि माइतीघरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com