काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानाको नेतृत्वमा युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाललगायतको सहभागिता रहेको थियो।
प्रदर्शनकारीहरूले सर्वपक्षीय सरकार गठन भएपछि मात्र निर्वाचन प्रक्रिया अघि बढाइनुपर्ने माग गरेका छन्। उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा प्रहरीले सहभागीहरूलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार













प्रतिक्रिया