नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वीनवलपरासी-१ का नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनय दर्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै कोइरालाले आफू यस पटकको निर्वाचनमा विजय भएपछि प्रधानमन्त्री बन्ने बताएका हुन् ।

‘तीन पटकसम्म चुनाव जितिसकेको छु । यस क्षेत्रका जनताले मलाई विश्वास गरेका छन्’ उनले भने,‘यो चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी बढ्ने छु । पार्टी भित्रपनि मैले सोही अनुसार कुराकानी गरेको छु ।’

कोईराला नवलपुर-१ बाट तीनपटक निर्वाचित भइसकेका छन् भने अहिले चौथो पटक चुनावी मैदानमा छन् । तीनपटक सम्म विकास निर्माण र नीतिगतरुपमा काम गरेको र समृद्ध नवलपुर निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि आफू पुन: चुनावमा होमिएको उनले बताए ।

पूर्वी नवलपरासीमा उम्मेदवार मनोनयन चलिरहेको छ । नेकपा एमाले लगायतका अन्य दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरिसकेका छन् भने प्रदेशतर्फ कांग्रेस लगायतको गठबन्धनले मनोनयन दर्ता गर्ने क्रममा छन् ।

 

प्रकाशित मिति: २३ आश्विन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com