हिरासतमा रहेका दीपेन्द्र अग्रवाल सीआईबी परिसरभित्रै ‘अनसन’मा

धितोपत्र बजारसम्बन्धी कसुरमा सीआईबीको हिरासतमा रहेका अग्रवालले पुँजी बजार सुधारसम्बन्धी आफ्ना माग पूरा हुनुपर्ने भन्दै अनसन थालेको जनाइएको छ।



काठमाडौं । भ्रामक सूचना प्रवाह गरी धितोपत्र कारोबारमा संलग्न भई अवैध लाभ आर्जन गरेको आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) परिसरभित्र अनसन सुरु गरेका छन्।

धितोपत्र बजारसम्बन्धी कसुरमा सीआईबीको हिरासतमा रहेका अग्रवालले पुँजी बजार सुधारसम्बन्धी आफ्ना माग पूरा हुनुपर्ने भन्दै अनसन थालेको जनाइएको छ।

advertisement

सीआईबीले उनलाई पुस ४ गते पक्राउ गरेको थियो। अग्रवालमाथि जोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर कारोबारमा चलखेल गरेको आरोप लागेको छ।

सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार अग्रवालले खाना सेवन नगरे पनि पानी भने पिइरहेका छन्। अनसनको अवस्था ठहर गर्ने वा नगर्ने विषय भने व्यक्तिगत निर्णयको विषय भएको उनले बताए।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com