काठमाडौं । गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयान दिन उपस्थित हुन औपचारिक पत्र पठाएको छ।
आयोग स्रोतका अनुसार मंगलबार लेखकलाई पत्र पठाउँदै सात दिनभित्र आयोगसमक्ष उपस्थित भई बयान दिन आग्रह गरिएको छ।
आयोगले लेखकको बयानपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बयानका लागि बोलाउने तयारी गरिरहेको जनाएको छ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाबाट भएको क्षतिको छानबिन गर्न तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार













प्रतिक्रिया