काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका मन्त्रीहरू विभिन्न राजनीतिक दलका कार्यालयमा पुग्नु फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सकारात्मक संकेत भएको बताएका छन्।
मंगलबार सरकारका प्रवक्ता जगदीश खरेलसहितका मन्त्रीहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका कार्यालयमा पुगेर जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे अनुगमन गरेका थिए।
अनुगमनकै क्रममा पेरिसडाँडास्थित पार्टी कार्यालय पुगेका खरेलसहितका मन्त्री टोलीसँग प्रचण्डले भेटवार्ता गरेका थिए।
भेटपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘यो निर्वाचन हुने स्पष्ट र राम्रो संकेत हो।’
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार













प्रतिक्रिया