एजेन्सी। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित कारक जिल्लामा अज्ञात बन्दुकधारीले प्रहरीमाथि गरेको आक्रमणमा पाँच जना प्रहरी अधिकारीको मृत्यु भएको छ।

स्थानीय सुरक्षा अधिकारीका अनुसार, आक्रमणकारीहरूले प्रहरीको गाडीमा गोली चलाएका थिए। घटनापछि पाकिस्तानी सुरक्षा बलले उक्त क्षेत्रलाई घेराबन्दी गरी अनुसन्धान सुरु गरेको छ।

advertisement

खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले घटनाको निन्दा गर्दै दोषीहरू विरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘राज्यमा कानून व्यवस्था कायम राख्नु हाम्रो सरकारको सर्वोच्च प्राथमिकता हो। यस्ता कायरतापूर्ण आक्रमणहरूले सुरक्षा बल र सरकारको संकल्पलाई कमजोर पार्न सक्दैनन्।’

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com