काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्की सँग शीर्ष तीन दलका नेताहरूको छलफल मंगलबार दिउँसो सम्पन्न भएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच झण्डै साढे दुई घण्टा लामो भेटवार्ता भएको हो।
दिउँसो साढे ३ बजे सुरु भएको छलफल भर्खरै सकिएको भए पनि छलफलमा उठाइएका विषयहरू सार्वजनिक गरिएको छैन।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार













प्रतिक्रिया