काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन आवश्यक वातावरण निर्माण गर्ने समझदारी प्रमुख दलबीच भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, र नेपाली कम्युनिस्ट पार्टी संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यस्तो सहमति बनेको राष्ट्रपतिकी प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।
पोखरेलका अनुसार निर्वाचन वातावरण बनाउन थप विस्तृत छलफल बालुवाटारमा पनि हुने समझदारी भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले छलफलमा भने, ‘देशको परिस्थिति गम्भीर र संवेदनशील छ। यसलाई दृष्टिगत गर्दै निर्वाचन घोषणा गरिएको हो। यो गम्भीरतालाई ध्यानमा राख्दै फागुन २१ को निर्वाचन सफल बनाउनु हामी सबैको साझा दायित्व हो।’
पौडेलले वर्तमान जटिल राजनीतिक परिस्थितिबाट निकास पाउन निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै, आगामी निर्वाचन सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन दलका शीर्ष नेताहरूलाई सहकार्य गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार












प्रतिक्रिया