काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगमा आफूले बयान नदिने स्पष्ट अडान राखेका छन्। उनले उक्त धारणा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष व्यक्त गरेका हुन्।

मंगलबार राष्ट्रपति पौडेलको आह्वानमा प्रधानमन्त्री कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको बैठकमा ओलीले आयोगप्रति तीव्र असन्तुष्टि जनाएका थिए। बैठकमा उनले अनावश्यक रूपमा आयोग गठन गरिएको दाबी गर्दै तत्काल खारेज गर्न माग गरेको स्रोतले जनाएको छ।

advertisement

शीतल निवास स्रोतका अनुसार, ओलीले आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै यदि बयान आवश्यक भए आयोगका सदस्यहरूलाई आफ्नै निवासमा पठाउन प्रधानमन्त्री कार्कीलाई चुनौती दिएका थिए।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com