काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्ने तयारी गरेका छन्।
आयोगसमक्ष दिने बयानबारे छलफल गर्न लेखक आज सभापति देउवाको महाराजगञ्जस्थित भाडाको निवासमा पुग्ने कार्यक्रम रहेको छ। महाराजगञ्ज स्रोतका अनुसार लेखकलाई छलफलका लागि बोलाइएको पुष्टि भए पनि भेटघाटको समय भने सार्वजनिक गरिएको छैन।
यसअघि लेखकले आयोगले बयानका लागि बोलाएको विषयमा आफू ‘सल्लाह–परामर्श’ गरिरहेको बताएका थिए। आयोगले पत्र पठाउने निर्णय गरे पनि आफूले हालसम्म औपचारिक पत्र नपाएको उनको भनाइ छ।
विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले मंगलबार पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार













प्रतिक्रिया