काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारसँग भेटघाट गरेका छन्।
बुधबार नेताद्वयले जेनजी आन्दोलनका क्रममा भएको आगजनी घटनामा गम्भीर घाइते भएकी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।
गत साता भारतमा उपचार गराएर स्वदेश फर्किएकी चित्रकारलाई भेट्न प्रचण्ड र नेपाल डल्लुस्थित निवासमा पुगेका थिए।
भेटका क्रममा नेता खनालले चित्रकारको अवस्था हाल खतरामुक्त रहेको र थप सुधारका लागि उपचार निरन्तर जारी रहेको जानकारी दिएको प्रचण्डको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार













प्रतिक्रिया