रवीन्द्र मिश्रद्वारा कोइरालालाई खुला पत्र: ‘तपाईंलाई देशभन्दा पदको मायाँ छ कि?’

यसरी भए पनि प्रधानमन्त्री भए तपाईं सिङ्गो नेपालका लागि होइन, प्रचण्डपथको अर्थहीन प्रधानमन्त्री मात्र बन्नुहुन्छ। तपाईंलाई देशको भन्दापनि पदको मायाँ छ कि?’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई लक्षित गर्दै खुला पत्र लेखेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशित पत्रमा कोइरालालाई ‘सक्ने ठाउँमा हुँदा पनि किन आवश्यक कदम उठाउनुभएन?’ भनी प्रश्न गरेका छन्।

मिश्रले पत्रमा ९ बुँदामा आफ्ना विचार राख्दै कांग्रेस सभापति वा प्रधानमन्त्री बन्ने उद्देश्यमा आत्मकेन्द्रित चिन्तनमा नअड्किन चेतावनी दिएका छन्।

advertisement

उनले थप लेखेका छन्, ‘यस्तो तरिकाले पनि राजनेता बन्न सकिन्छ? यसरी भए पनि प्रधानमन्त्री भए तपाईं सिङ्गो नेपालका लागि होइन, प्रचण्डपथको अर्थहीन प्रधानमन्त्री मात्र बन्नुहुन्छ। तपाईंलाई देशको भन्दापनि पदको मायाँ छ कि?’

यस खुला पत्रमार्फत मिश्रले नेताको जिम्मेवारी र देशप्रतिको दृष्टिकोणबारे प्रश्न उठाएका छन्।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com