काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन कैदी पक्राउ परेका छन्।

जबरजस्ती करणी मुद्दामा सो कारागारमा कैद भुक्तानी गरिरहेका धादिङको धुनिवेँशी नगरपालिका–१ का ३४ वर्षीय सञ्जीव परियार र थाक्रे गाउँपालिका–१० का ३५ वर्षीय विवेक परियार तथा मकवानपुरको चुरियामाई गाउँपालिका–३ का ३७ वर्षीय राजेन्द्र परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरोका टोलीले आज काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

advertisement

सो मुद्दामा उनीहरुलाई जनही १३ वर्ष कैद सजाय कायम भएको थियो। उनीहरु २०७४ असोज १ गतेदेखि कैद सजाय भुक्तान गरिरहेको व्यूरोले जनाएको छ। पक्राउ परेका फरार कैदीलाई आजै कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com