काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ।
काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका नेता तथा कार्यकर्ताहरूले उनलाई ११ किलोको मालासहित सम्मान गरेका हुन्। एघारौँ राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएको अवसरमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा पुगेको टोलीले ओलीलाई शुभकामना दिएको हो।
काठमाडौंमा सम्पन्न महाधिवेशनबाट ओली तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका हुन्।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया