एजेन्सी । भारत कर्नाटकको चित्रदुर्ग जिल्लाको राष्ट्रिय राजमार्ग ४८ मा भएको भयानक सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

चित्रदुर्गका डीसी (जिल्ला मजिस्ट्रेट) ले बीबीसी हिन्दीलाई भने, ‘यो दुर्घटना बुधबार राति लगभग २ बजे भएको थियो। यसमा बेंगलुरुबाट गोकर्ण जाँदै गरेको बस अगाडिबाट आउँदै गरेको ट्रकसँग ठोक्कियो, जसका कारण बसमा आगो लाग्यो।’

बसमा ३२ जना यात्रु रहेका थिए। अहिलेसम्म ११ जनाको शव पहिचान गरिएको छ भने सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com