काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच महत्वपूर्ण भेटवार्ता हुँदैछ।

स्रोतका अनुसार सोमबार राति लामो समयसम्म छलफल गरिसकेका उनीहरूबीच आजको बैठकलाई निर्णायक रहेको बताइएको छ। छलफलका लागि रवि लामिछाने ललितपुरको कुपण्डोलस्थित बालेनको निवासमा पुग्ने तयारीमा छन्।

advertisement

यसअघि सोमबार राति कमलपोखरीमा भएको छलफलमा सरकारको नेतृत्व बालेनले गर्ने र पार्टीको नेतृत्व रविले सम्हाल्ने प्रस्ताव आएका समाचार सार्वजनिक भएका थिए। अर्को निर्वाचनपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सहयोग गर्ने योजना प्रस्तुत भएको थियो। यद्यपि, त्यसमा ठोस सहमति भएन, तर निकट स्रोतका अनुसार सकारात्मक वातावरणमा छलफल भएको थियो।

स्रोतले बताएअनुसार आजको बैठकमा यही विषयलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ।

केही दिनयता बालेन शाहले राजनीतिक सक्रियता तीव्र बनाएका छन्। रविसँगको छलफल टुंगोमा नपुगेपछि उनी आफ्नै नेतृत्वमा नयाँ दल गठन गर्ने तयारीमा सक्रिय भएका छन्। बुधवारदेखि बालेन विभिन्न राजनीतिक शक्ति, व्यक्तित्व र जेनजी अभियन्तासँग छलफल गरिरहेका छन्। बिहीबार मात्रै उनले मन्त्री कुलमान घिसिङलगायतका महत्वपूर्ण व्यक्तिसँग भेटघाट गरेका छन्।

यो भेटवार्ताले आगामी राजनीतिक दिशा र गठबन्धनमा के संकेत दिन्छ भन्नेबारे राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com