रवि लामिछाने र बालेन भित्र छलफलमा, सुदन गुरुङले लगाए गेटमा ताला !

छलफलको क्रममा उनी घरको गेटमा ताला लगाएर बसेका छन् र सहमति नहुँदासम्म बालेन र रविलाई बाहिर जान नदिने उनले स्पष्ट पारेका छन्।



काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि सहकार्यको प्रयासका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच गहन छलफल भइरहेको छ।

छलफल बालेनका सहयोगी कुमार बेनको ललितपुरस्थित निवासमा भइरहेको छ। छलफल भित्र केवल रवि लामिछाने र बालेन शाहबीच चलिरहँदा बाहिर जेनजी अभियन्ता सुदन गुरुङ उपस्थित रहेका छन्। उनले आफू सहमतिका लागि दबाब दिन छलफल स्थलमा आएको बताएका छन्।

advertisement

सुदन गुरुङले सामाजिक सञ्जालमार्फत पनि बताए अनुसार, छलफलको क्रममा उनी घरको गेटमा ताला लगाएर बसेका छन् र सहमति नहुँदासम्म बालेन र रविलाई बाहिर जान नदिने उनले स्पष्ट पारेका छन्।

उनले सामाजिक सञ्जालमा जारी गरेको भिडियोमा भनेका छन्, ‘सम्झौता नहुँदासम्म हामी रवि लामिछाने र बालेन शाहलाई बाहिर जान दिने छैनौं। जबसम्म दुई नेता मिल्दैनन्, तबसम्म गेट खुल्दैन। हामी यहाँ गार्ड छौं, कोही भित्र छिर्दैन, कोही बाहिर निस्कँदैन। कुरा मिलेसम्म यहीँ रोकिएको छ।’

यो घटनाले आगामी निर्वाचनअघि वैकल्पिक राजनीतिक शक्ति निर्माण र तालमेलका प्रयासमा थप चासो र राजनीतिक हलचल सिर्जना गरेको छ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com