काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच चलिरहेको वार्तामा विघटित प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंह पनि सहभागी भएका छन्।

वार्ता ललितपुरको कुपण्डोलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा केहीबेरदेखि जारी छ।

advertisement

स्रोतका अनुसार, अहिलेसम्म वार्ता दुई नेताबीच वान–टु–वान शैलीमा भइरहेको छ, र अमरेश कुमार सिंहले यो प्रक्रियामा सहभागी भई आगामी रणनीति र सहकार्यबारे आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

यस वार्ताले आगामी निर्वाचनअघि वैकल्पिक राजनीतिक शक्तिहरूबीच तालमेल र गठबन्धनको दिशा तय गर्ने महत्वपूर्ण संकेत दिने अनुमान गरिएको छ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com