काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले चितवन–२ मा सुनिल शर्माले चुनाव लड्ने मनशाय व्यक्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ ठाउँ खोजिरहेको हुन सक्ने टिप्पणी गरेका छन्।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछाने कांग्रेस नेता शर्मासँग प्रतिस्पर्धा गर्न डराएको हुन सक्ने बताएका हुन् ।

advertisement

‘रवि लामिछानेजीको निर्वाचन क्षेत्रमा हाम्रो डा.सुनिल शर्मा चुनाव उठ्छु भनिसकेपछि सायद उहाँ डराएर त्यहाँबाट निस्किन खोज्नुभएको होला । सुनिल शर्माले हराइदिन्छु भन्नुभएको छ रवि लामिछानेलाई । पार्टीले मलाई मोरङमा नभएर चितवन २ मा टिकट दियो भने रवि लामिछानेलाई म पानी पिउन पनि म दिन्न भनेर भन्नुभएको छ,’– उनले भने ।

उनले कांग्रेस महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नं. ४ बाट चुनाव लड्ने बताउँदै नेता शिवाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सो निर्वाचन क्षेत्रमा स्वागत रहेको बताए।

काठमाडौं क्षेत्र नं. ४ का जनता महामन्त्री थापालाई विजयी गराउनका लागि आँतुर रहेको पनि उनले बताए ।

  • रिपोर्टस नेपाल

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com