भट्टराईलाई बालेनले भने- ‘राजनीतिमा सक्रिय भए अभिभावक बनेर सल्लाह दिनुस्’

बालेनले भट्टराईसंग आफू राजनीतिमा आएको र आगामी वैकल्पिक राजनीतिक पहलमा साथ दिन आग्रह गरेका थिए।



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरी आफू राजनीतिमा सक्रिय भएको जानकारी गराएका छन्।

बिहीबार कुपन्डोलस्थित सल्लाहकार कुमार व्यञ्जनकारको निवासमा भएको भेटमा भट्टराईले बताएअनुसार, बालेनले आफूसँग फोनमार्फत भेटवार्ताका लागि अनुरोध गरेका थिए। भट्टराईले भने, ‘नयाँ र वैकल्पिक शक्ति एकतामा लाग्नुपर्छ भन्ने विचारका व्यक्ति भएको कारण बालेनजीले फोन गरेपछि म भेट्न आएँ।’

advertisement

स्रोतका अनुसार, बालेनले भट्टराईलाई अभिभावकको रूपमा देखेर आफ्नो राजनीतिक यात्रा सुरु गरेको र सहयोग मागेका थिए। जेनजी स्रोतले बताएका छन् कि बालेनले भट्टराईसंग आफू राजनीतिमा आएको र आगामी वैकल्पिक राजनीतिक पहलमा साथ दिन आग्रह गरेका थिए।

यस भेटवार्ताले काठमाडौंमा नयाँ राजनीतिक शक्ति निर्माणतर्फ बालेनको सक्रियताका संकेत दिएको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com