काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित देउवाको निवास पुगेका छन्। बिहान १० बजेदेखि सुरु भएको उनीहरूबीचको भेटवार्ता जारी छ।
देउवासँगको भेटपछि मन्त्री खरेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको छ।
खरेलको सचिवालयका अनुसार उनी बिहान ११ बजे ओलीसँग भेट गर्न गुण्डु पुग्नेछन् भने त्यसपछि दिउँसो १२ बजे प्रचण्डसँग भेटवार्ता गर्नेछन्।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया