काठमाडाैं । वर्तमान सरकारले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि अनुकूल वातावरण निर्माण गर्न सक्रियता बढाएको छ। फागुन २१ गते तय भएको निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्ने उद्देश्यसहित सरकारले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग सघन परामर्श सुरु गरेको हो।

यसैक्रममा आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुन्डुस्थित निवासमा भेटवार्ता गरेका छन्।

advertisement

यसअघि मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगञ्जस्थित निवासमा छलफल गरिसकेका छन्।

मन्त्री खरेलको सचिवालयका अनुसार आजै उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com