काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी दिएको अनुसार उनी आज दिउँसो २ बजे शपथ ग्रहण गर्ने तयारी भइरहेको छ।
शर्मालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको बताइएको छ। हाल उक्त मन्त्रालयको कामकाज प्रधानमन्त्री सुशीला कार्की आफैँले सम्हाल्दै आएकी छन्।
यसअघि शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजकको रूपमा समेत कार्यरत रहिसकेका छन्।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया