काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग हुने सहमतिपत्रमा हस्ताक्षर गर्नुअघि दुवैबीच छलफल हुने तय भएको हो । बालेन निकट स्रोतका अनुसार उनी शनिबार गोदावरीबाट प्रस्थान गरी सिधै कुलमान घिसिङसँग भेट गर्न निस्किएका हुन् ।
कुलमान घिसिङ निकट स्रोतले पनि बालेन र घिसिङबीच भेटवार्ता हुने कार्यक्रम तय भइसकेको पुष्टि गरेको छ ।
यसैबीच, शुक्रबार राति बालेन शाह गोदावरीमै आफूनिकट केही व्यक्तिसँग रहेको स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा भने गए राति रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच भेट भएको चर्चा चलेको थियो । तर स्रोतका अनुसार शुक्रबार राति बालेन भूपदेव शाह, कुमार बेन, केपी खनाललगायतका व्यक्तिसँग गोदावरीमै रहेका थिए ।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया