काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता सम्पन्न भएको छ ।
शनिबार बिहान राष्ट्रपति पौडेलले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजकसमेत रहेका माधवकुमार नेपालसँग राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका हुन् । करिब एक घण्टा चलेको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।
भेटका क्रममा समयमै निर्वाचन सम्पन्न गर्ने, सबै दल तथा समूहहरूलाई समेटेर निर्वाचन प्रक्रिया अघि बढाउनेलगायतका विषयमा विचार–विमर्श भएको स्रोतले जनाएको छ ।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया