काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र त्यसका लागि आवश्यक वातावरण निर्माणबारे विचार–विमर्श गरिएको हो।

advertisement

छलफलमा प्रधानमन्त्री कार्कीसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायत सहभागी थिए।

भेटका क्रममा फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन समयमै सम्पन्न गर्न आवश्यक राजनीतिक सहमति, शान्ति–सुरक्षा र व्यवस्थापनका विषयमा छलफल भएको जनाइएको छ। निर्वाचनको अनुकूल वातावरण बनाउन प्रधानमन्त्री कार्कीले दलका शीर्ष नेताहरूसँग निरन्तर संवाद सुरु गरेकी हुन्।

यसअघि पनि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच शीतल निवासमा भेटवार्ता भएको थियो।

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com