काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएको राजनीतिक सहकार्यप्रति टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ ‘आशा’को रूपमा प्रस्तुत गर्ने तर अन्ततः जनतालाई निराशा मात्रै बाँड्ने प्रवृत्ति पटक–पटक दोहोरिँदै आएको बताएका छन्।

advertisement

उनका अनुसार कुनै समय गगन थापा अत्यधिक प्रचारका साथ उदाए, तर क्रमशः ओझेलमा पारिए। त्यसपछि विभिन्न काण्ड र विवादका कारण चर्चामा आएका रवि लामिछाने पनि पुरानै राजनीतिक बाटोमा हिँडिरहेको देखिएको उनले टिप्पणी गरेका छन्।

‘लोकप्रियताको आडमा बालेन शाह उदाए, तर तीन वर्षको अवधिमा एउटा महानगरलाई पूर्ण रूपमा रूपान्तरण गर्न नसक्ने पात्रले अब देश नै बदल्छ भन्ने भ्रमसमेत क्रमशः कमजोर बन्दै गएको छ,’ बस्नेतले लेखेका छन्। ‘अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ।’

बस्नेतले बालेन शाहको लोकप्रियता स्वतन्त्र र गैरदलीय छविसँग जोडिएको स्मरण गराउँदै विवादित नेतृत्व रहेको दलसँग सहकार्य गर्नासाथ त्यो आकर्षण तीव्र रूपमा घट्ने दाबी गरेका छन्।

उनले मुलुकको मुख्य समस्या पुराना राजनीतिक दलहरूको अस्तित्व नभई तीभित्र मौलाएका विकृति र विसङ्गति भएको उल्लेख गरे। समाधानका रूपमा नयाँ दल खोल्नु होइन, विद्यमान दलहरूलाई परिमार्जन गर्दै समग्र राजनीतिक प्रणाली सुधार गर्नु नै आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com