निर्वाचन बाहेक अन्य विकल्प सोचे देशमा गम्भीर दुर्घटना हुन्छ : प्रचण्ड

'देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै हो। यदि अन्य विकल्पतिर सोच्यौँ भने मुलुक फेरि अर्को दुर्घटनामा पर्न सक्छ।



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई वर्तमान संकटबाट बाहिर निकाल्ने सबैभन्दा भरपर्दो र उपयुक्त माध्यम निर्वाचन नै भएको स्पष्ट पारेका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन बाहेकका विकल्पतर्फ अघि बढे देश पुनः गम्भीर दुर्घटनातर्फ धकेलिन सक्ने चेतावनी दिए।

संयोजक दाहालले राजनीतिक दलहरूबीचको सहकार्य र सामूहिक प्रयासमार्फत मात्र निर्वाचनको माध्यमबाट देशलाई राजनीतिक स्थिरता, स्थायित्व र विकासको नयाँ यात्रातर्फ लैजान सकिने विश्वास व्यक्त गरे। सबै दलहरू विभिन्न उतार–चढाव पार गर्दै निर्वाचन प्रक्रियामा सहभागी हुन तयार देखिनु सकारात्मक संकेत भएको भन्दै उनले यसका लागि सबैलाई धन्यवाद समेत दिए।

advertisement

उनले भने, ‘देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै हो। यदि अन्य विकल्पतिर सोच्यौँ भने मुलुक फेरि अर्को दुर्घटनामा पर्न सक्छ। यही जिम्मेवारीका साथ पहिलो पार्टी र नेतृत्वको हैसियतले हामी आज निर्वाचन प्रक्रियाअन्तर्गत बन्दसूची प्रस्तुत गर्दैछौँ। सबै राजनीतिक दलहरू निर्वाचनमार्फत नै देशलाई स्थिरता र विकासतर्फ लैजान सकिन्छ भन्ने साझा निष्कर्षमा पुग्नु स्वागतयोग्य कुरा हो।’

कार्यक्रममा संयोजक दाहालले पछिल्लो समय जेन–जी (नयाँ पुस्ता) को राजनीतिप्रतिको चासो र सहभागिता बढ्दै जानु लोकतन्त्रका लागि सकारात्मक संकेत भएको समेत बताए।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com