काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ६०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा ४ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार













प्रतिक्रिया