काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चुनावी सरकारमा रहेका मन्त्रीलाई राजनीतिक दलको उपसभापति बनाउनुको औचित्यमाथि प्रश्न उठाएका छन्। उर्जा मन्त्री कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति नियुक्त गरेपछि पोखरेलको यस्तो प्रतिक्रिया आएको हो।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै महासचिव पोखरेलले वैकल्पिक राजनीतिक शक्तिको दाबी गर्ने दलहरूले गैरदलीय चुनावी सरकारमा सहभागी मन्त्रीलाई पदबाट राजीनामा नदिई पार्टीको नेतृत्व तहमा ल्याउनु कति सान्दर्भिक र नैतिक छ भन्ने प्रश्न उठाएका छन्।

उनले लेखेका छन्, ‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु—कति उचित हो?’

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com