काठमाडौं । सशस्त्र प्रहरी बलका असई सत्यनारायण यादवको हत्या भएको छ । सिरहाको भगवानपुर गाउँपालिका–२ घर भएर सप्तरी स्थित बोर्डर आउटपोष्ट छिन्नमस्तामा कार्यरत यादव असोज २० मा मृत भेटिएका थिए ।

नेपाल–भारत सिमानाबाट ३ किलोमिटर पर भारततर्फ बिहारको मधुवनी जिल्ला स्थित घोडदह खोलामा यादवको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश सिंहले रातोपाटीलाई बताए । डिएसपी सिंहका अनुसार हत्यामा संलग्न आशङ्कामा सो बोर्डर आउट पोष्ट (विओपी) मा कार्यरत जवान होम बहादुर खत्रीलाई पक्राउ गरिएको छ ।

मृतक असईको शव धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको छ । घटना छानबिनका लागि सशस्त्र प्रहरी बलले अतिरिक्त महानिरीक्षक (एआईजी) सिपी गौतमको नेतृत्वमा समिति गठन गरेको छ ।

असोज १९ मा मृतक यादव ड्युटीका लागि भन्दै मोहनपुरतर्फ गएका थिए । त्यसै दिन जवान खत्रीले एक युवती बोलाएर हत्या गरेर फालेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । मृतकको कान र टाउकोमा चोट देखिएको एसएसपी थापाले बताए ।

 

प्रकाशित मिति: २७ आश्विन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com