काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी र पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरालाई समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरेको छ।
पार्टीले संज्ञा पोखरेल पौडेललाई कांग्रेसको समानुपातिक बन्दसूचीमा राखेको छ भने डा. चन्द्रमोहन यादवलाई पनि उम्मेदवार बनाएको छ।
सूचीअनुसार कास्कीकी संज्ञा पोखरेल पौडेलको क्रम संख्या ६२ रहेको छ भने धनुषाका डा. चन्द्रमोहन यादवको क्रम संख्या ७६ रहेको छ।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार













प्रतिक्रिया