पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण सम्बन्धी मुद्दामा सुनुवाइको तारिखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरा पुगेका छन्। उनी जिल्ला अदालत कास्कीमा मुद्धाको आगामी सुनुवाइको तारिखका लागि उपस्थित भएका हुन्।
यसअघि रवि लामिछानेलाई उक्त प्रकरणमा धरौटीमा छुटाएको थियो। अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार, ‘सूर्यदर्शन सहकारीको मुद्दामा अन्य प्रतिवादीहरूको पनि म्याद मिलाउन रवि लामिछाने अदालतमा तारिखका लागि आउनुभएको हो। अबदेखि सबै प्रतिवादीको सुनुवाइ एकै मितिमा हुने छ।’
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो भने पुस २५ गते उनी ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार













प्रतिक्रिया