काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका सहइन्चार्ज प्रभु साहलाई कारबाही गरेको छ । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेले शुक्रबार साहलाई पार्टीबाट निष्कासन गरेको हो ।
त्यस्तै रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीविरोधी क्रियाकलापमा संलग्न भएको भन्दै पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएका छन् । महासचिव शंकर पोखरेलले उद्धव रेग्मीलाई सहइन्चार्जको जिम्मेवारी तोकेका छन् ।
साथै अर्को व्यवस्था नभएसम्मका लागि उनलाई रौतहट जिल्लाको इन्चार्ज तोकिएको पनि महासचिव पोखरेलले पत्रमा उल्लेख गरेका छन् ।
प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार
प्रतिक्रिया