पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पार्टीले राष्ट्रिय सपना र आकांक्षा पूरा गर्न पर्याप्त मत पाउने दाबी गरेका छन्।

बुधबार पोखरामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभापति लामिछानेले आगामी चुनावमा पार्टीले प्राप्त गर्ने जनमतप्रति आफू पूर्ण विश्वस्त रहेको बताए। उनले भने, ‘जब आशा र भरोसा राखेका मानिसहरूलाई एकै ठाउँमा उभ्याइन्छ, तब ठूलो परिवर्तन ल्याउन सकिन्छ।’

उनले कति मत पाउने वा अन्तिम नतिजा कस्तो आउने भन्ने यकिन रूपमा नबताए पनि देशका आवश्यकतालाई सम्बोधन गर्न सक्ने नतिजा आउनेमा ढुक्क रहेको प्रष्ट पारे।

‘संख्या त म आज भन्न सक्दिनँ, तर मलाई विश्वास छ कि हामीले चाहेका अधिकांश विषयहरू सम्बोधन गर्न सक्ने मत हामीले प्राप्त गर्नेछौं। यसले हाम्रो राष्ट्रिय सपना र राष्ट्रिय आकांक्षा पूरा गर्न सक्ने तहको मत ल्याउँछ,’ लामिछानेले भने।

साथै उनले नागरिकलाई आफ्नो र देशको भविष्य आफैँ लेख्न सक्ने अवसर प्रदान गरेको उल्लेख गर्दै भने, ‘हामीले नागरिकलाई आफ्नै हातले देशको भविष्य लेख्न सक्ने ठाउँमा पुर्‍याएका छौँ, बाँकी कुरा नागरिकको विवेकमा निर्भर छ।’

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com