काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारसँग सम्बन्धित आफूबारे सञ्चारमाध्यममा आएका समाचारप्रति असन्तोष व्यक्त गरेका छन्। उनले ती समाचारलाई असत्य, भ्रामक र नियोजित भएको बताएका छन्।

मन्त्री घिसिङका अनुसार, समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति उनको भान्जा नभएको र उज्यालो नेपाल पार्टीको सिफारिसबाट नभई अन्य टोलीबाट सिफारिस भएको स्पष्ट पारे। त्यस्तै, समानुपातिक सूचीमा ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्तिहरू पनि उनको ससुरा नभएको उनले प्रष्ट पारे।

उनी भन्छन्, ‘समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको दबाब वा चाहनामा तयार गरिएको छैन। यो पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो। मैले सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थी राजनीतिविरुद्ध उभिँदै आएको छु। तथ्य नबुझी फैलाइने हल्ला र आरोपहरूले मेरो इमानदार यात्रालाई कमजोर पार्न खोजेको दुःखद छ।’

मन्त्री घिसिङले भने राजनीतिमा असहमति हुन सक्दछ, तर झूटा समाचार र भ्रम फैलाएर कसैको बदनाम गर्ने प्रयास अस्वीकार्य छ। बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयाभित्र सच्याइने पनि उनले बताए।

उनी थप्छन्, ‘म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु। त्यसैले सबैमा अनुरोध छ कि यस्ता भ्रामक समाचार र टीकाटिप्पणीको भ्रममा नपर्नुहोस्।’

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com