काठमाडौं । विभिन्न माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा अनसनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ। उनी नौ दिनदेखि निरन्तर अनसनमा बसिरहेका थिए।

स्वास्थ्यमा समस्या देखिएपछि नेपाल चिकित्सक संघको पहलमा चिकित्सकहरूको टोलीले माइतीघरमै भुसालको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा थप उपचार आवश्यक ठहरिएपछि उनलाई एम्बुलेन्समार्फत वीर अस्पताल पठाइएको संघले जनाएको छ।

advertisement

डा. भुसाल जेनजी आन्दोलनका क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्नुपर्ने, भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने तथा विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगायतका माग राख्दै अनसनमा बसेका हुन्।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com