काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई नयाँ भनिने केही राजनीतिक दलहरूमा प्रधानमन्त्री बन्ने दलाली सुरु भइसकेको आरोप लगाएका छन्।

बुधबार राप्रपा नेपालसँगको एकता घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ आबद्ध समूहबीच देखिएको एकताप्रति संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्।

advertisement

उनले अघिल्लो दिनसम्म एक–अर्कामाथि कडा आलोचना गरिरहेका दलहरू अचानक किन र के उद्देश्यका लागि एक ठाउँमा जोडिए भन्ने कुरा नै स्पष्ट नभएको बताए। ‘अघिल्लो दिन एकले अर्कालाई गाली गरिरहेका थिए, भोलिपल्ट नै कसरी र किन जोडिए, त्यो नै बुझिनसक्नु छ। जोडिएर के गर्ने, को कहाँबाट उठ्ने भन्ने नै टुंगो छैन। पार्टीभित्र प्रधानमन्त्री बन्ने दलाली सुरु भइसकेको छ,’ लिङ्देनले आरोप लगाए।

सो क्रममा उनले स्पष्ट सिद्धान्त र विचार बोकेको राजनीतिक शक्ति अहिले राप्रपा मात्रै भएको दाबी गरे। ‘सिद्धान्त के हो, विचार के हो—कुनै स्पष्टता छैन। यस्तो अवस्थामा विचारमा सुस्पष्ट र अविचलित पार्टी राप्रपा बाहेक अरू को छ ?’ भन्दै उनले आफ्ना धारणा राखे।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com