काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले तोकिएको समयमै चुनाव सम्पन्न गर्नु अनिवार्य भएको बताएका छन्। उनले शान्ति, स्थायित्व र समृद्धिका लागि सबै राजनीतिक दल, सरकार र नागरिकलाई सहकार्य गर्दै चुनावको मिति पालना गर्न आग्रह गरे।

उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘चुनाव हुँदैन, तयारी पूरा भएको छैन जस्ता बहानामा अब ढिला गर्न मिल्दैन। यो सरकारले फागुन २१ गतेको मितिमा चुनाव गराउन सक्छ। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा तोकिएको समयमा चुनाव हुनुपर्छ, अन्यथा विचार गर्नु हुन्न। यही नेतृत्व सक्षम छ।’

advertisement

पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्नुपर्ने दाबी गरे। साथै, प्रधानमन्त्री कार्कीले केही दिनअघि दल र जेनजीका विभिन्न समूहहरूले ‘आजै छोड, भोलि छोड’ भन्ने दबाब दिएको बताउँदा आफू आजित र हैरान भएको अभिव्यक्तिलाई मानवीय स्वभावजन्य प्रतिक्रिया भएको टिप्पणी गरे।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com