काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध लगाइएको स्थान हद उच्चस्तरीय जाँचबुझ आयोगले फुकुवा गरेको छ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको समयमा गृहमन्त्री रहेका लेखकमाथि आयोगले प्रारम्भमा स्थान हद लगाएको थियो। बुधबार उनका पुरक बयान लिइ सकेपछि आयोगले बिहीबार गृहमन्त्रालयमार्फत स्थान हद फुकुवा गरिएको जानकारी गराएको छ।
गत असोज १२ गते बसेको आयोगको बैठकले प्रारम्भमा स्थान हद लगाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार













प्रतिक्रिया