सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ कालीकोटबाट एकल सिफारिस गरिएको छ।
नेकपाका एक जिल्ला तहका नेताका अनुसार, जिल्लाका वरिष्ठ नेता प्रेमबहादुर सिंह, महेन्द्रबहादुर शाही लगायतको बैठकमा प्रचण्डलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय भएको हो।
कालीकोटमा शान्ति प्रक्रियापछि माओवादीको प्रभाव लगातार मजबूत रहँदै आएको छ। २०७९ मा यही क्षेत्रबाट महेन्द्रबहादुर शाही निर्वाचित भएका थिए। कालीकोट कर्णाली क्षेत्रको साबिक माओवादीको प्रमुख जनाधार भएको जिल्ला पनि मानिन्छ।
प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार












प्रतिक्रिया