काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको भेटघाट स्थगित गरेका छन्।
सभापतिले अपराह्न ५ बजे भेट्ने समय तोकेको भए पनि अन्तिम समयमा आफू व्यस्त भएको कारणले भेट हुन सकेन। उनीहरूसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि राखेर वार्ता गर्ने तयारी गरिएको थियो, तर एकाएक स्थगन गरिएको थियो।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, सभापति अन्य कार्यमा व्यस्त भएकाले भेट सम्भव नभएको हो। महामन्त्रीद्वयलाई भोलि सभापतिको अनुकूल समयमा आफू वा सभापतिको स्वकीय सचिव भानु देउवा मार्फत बोलाइने जानकारी दिइएको छ।
महामन्त्रीद्वय थापा र शर्माको पहलमा पुस २७ र २८ गते भृकुटीमण्डपमा हल बुक गरिएको छ। यसका लागि सभापतिको अनुकूल समयमा समन्वय गरेर भेटघाट गर्ने तयारी भइरहेको बताइएको छ।
प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार













प्रतिक्रिया