काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र शाह (बालेन)को नेतृत्व र योगदानलाई महानगर प्रहरीले लामो समयसम्म कहिल्यै बिर्सने नहुने बताएका छन्।

महानगर प्रहरीमा हालै बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख पाण्डेले मेयर शाहको कार्यकाललाई महानगर प्रहरीको इतिहासमा ‘कोसेढुङ्गा’ सावित भएको बताए।

advertisement

उनका अनुसार, ‘२०७९ सालअघि महानगर प्रहरी अस्तव्यस्त अवस्थामा थियो। मेयर साहको नेतृत्वमा हामीले महानगर प्रहरी ऐन ल्यायौं, जसले पदपूर्ति प्रक्रियालाई खुला र पारदर्शी बनायो। यो पछिल्ला ३० वर्षमा ऐतिहासिक फड्को हो।’

प्रधान पाण्डेले भने, पहिले ५०० जनामा सीमित रहेको बललाई अहिले करिब ३२०० जनाको बलमा रूपान्तरण गरी सशक्त बनाइएको छ। मेयर शाहको कार्यशैलीको खुलेर प्रशंसा गर्दै उनले भने, ‘हामीले उहाँको नेतृत्वलाई छातीमा राखेका छौं। महानगर प्रहरीले सयौँ वर्षसम्म उहाँलाई सम्झिरहनेछ, कहिल्यै बिर्सने छैन।’

उनले मेयर शाहले संस्थाको वृत्ति विकास र सुदृढीकरणमा पुर्‍याएको योगदान अतुलनीय रहेको पनि उल्लेख गरे।

राष्ट्रिय राजनीतिमा मेयर शाहको सम्भावित प्रवेशबारे सोध्दा प्रमुख पाण्डेले भने, ‘उहाँको अभावले हामीलाई ठूलो खड्किनेछ। उहाँ हाम्रो संरक्षक हुनुहुन्छ। हामी उहाँलाई अत्यन्तै मिस गर्नेछौं।’

पाण्डेले थपे, ‘तीन वर्षको कार्यकालमा कहिल्यै अनुचित दबाब वा सिफारिस आएको थिएन। हामी पूर्ण स्वतन्त्र भएर कानुनसम्मत काम गर्न सक्षम भयौं।’

उनले एक उदाहरण दिँदै भने, ‘रोल्पाका एक विद्यार्थीको कन्सल्टेन्सीले ठगेको पैसा महानगर प्रहरीले तुरुन्त फिर्ता गराइदियो। यसले सर्वसाधारणमा ‘महानगर प्रहरीले सुन्छ’ भन्ने विश्वास बढाएको छ।’

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com