काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले विभिन्न दर्जामा पदोन्नति भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। शुक्रवार जंगी अड्डामा आयोजित समारोहमा प्रधान सेनापतिले पदोन्नति पाएका सैनिकलाई सम्मान गरेका हुन्।
पुस ११ उपरथीमा पदोन्नति भएका पाइलट सहायक रथी रामसुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक सहायक रथी धर्मेन्द्रकुमार झालाई विशेष रूपमा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
त्यसैगरी, सहायक रथीमा पदोन्नति भएका एक महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका पाँच जना प्रमुख सेनानीलाई पनि सम्मान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रधान सेनापति सिग्देलले सैनिकहरूको कर्तव्यपरायणता, प्रतिबद्धता र देशप्रतिको योगदानको कदर गर्दै यस प्रकारको सम्मान प्रदान गरिएको बताए।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












प्रतिक्रिया