काठमाडौं । एमाले र कांग्रेसले संसद पुनर्स्थापना गरेमा उनीहरूको विरुद्ध पुनः सडकमा उत्रिने चेतावनी संयुक्त जेनजी आन्दोलनले दिएको छ। शुक्रवार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले संसद पुनर्स्थापना सम्भव नभएको स्पष्ट पारेका छन्।

आन्दोलनका प्रवक्ता विर्जन विश्वकर्माले विघटित प्रतिनिधि सभाको पुनर्स्थापनाको प्रयासले उनीहरूलाई त्रसित बनाएको बताए। उनले जेनजी आन्दोलनको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुपर्दा पुराना नेताहरूले मात्र सत्तामा फर्कन खोज्नु आन्दोलनमाथि खतरा भएको बताए।

advertisement

संयुक्त जेनजी आन्दोलनका कमाण्डर सुनिल सिंहले संसद पुनर्स्थापनाको प्रयासलाई प्रतिगामी सोच र कदम ठहराउँदै यसलाई कुनै पनि हालतमा रोकिनुपर्ने बताए। सिंहले भने, ‘विघटित संसद पुनःस्थापना गर्नु भनेको चिहानमा पुगेको कंकाललाई जीवित गर्नु जस्तो हो। यसविरुद्ध हामी कडा आन्दोलनका लागि तयार रहनुपर्छ।’

जेनजी नर्गिस थापाले आफूहरू निरन्तर सडकमा रहँदै जेनजीका माग पूरा गराउन लागिपरेको जानकारी दिइन्। जेनजीका अन्य नेताहरू, अमृत कुमार बोहोराललगायतले नयाँ र पुराना नेताहरू मिलेर जेनजी आन्दोलनको भावना मर्न खोजेको आरोप लगाएका छन्।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com