काठमाडौ । एमाले दैलेख क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटका क्रममा केन्द्रीय सदस्य विष्णु रिजालले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। चार जना पुरुष आकांक्षीबीच सहमति हुन नसकेपछि शनिबार भएको आन्तरिक निर्वाचनमा रिजाल पहिलो भएका हुन्।
आन्तरिक निर्वाचनमा रिजालले ६७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी केन्द्रीय सदस्य लक्ष्मी पोखरेल ६६ मतसहित दोस्रो, राजबहादुर शाही ६१ मतसहित तेस्रो तथा कर्णाली प्रदेशका पूर्व सभामुख राजबहादुर बुढा ५१ मतसहित चौथो स्थानमा रहेका छन्।
क्षेत्रीय कमिटी अध्यक्ष कुमारविक्रम शाहीका अनुसार उम्मेदवार छनोटका लागि गरिएको मतदानमा चारै जना आकांक्षी सहभागी थिए।
हालै सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशनबाट विष्णु रिजाल कर्णाली प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार













प्रतिक्रिया